म त्यो दिन सम्झन्छु, जुन बेला भर्खर मेरो ओठमाथिजुँगारेखी बसेको थियो । प्वाल परेको टेनिस सुज लगाएर दिनभरि ज्याला नलिइकन सडक नाप्दै हिँड्थें । कहाँजाने, कता पुग्ने ? कुनै लक्ष्य थिएन । मान्छेहरुले मलाई बरालिएको आवारा केटो भन्थे । त्यसबखत म आफैलाई पनि लाग्थ्यो, यो संसारमा मजस्तो काम नलाग्ने मान्छे कोही छैन होला । बिनाउद्देश्य, बिनालक्ष्य हिँड्दै जाँदा एक दिन रङ्गमञ्चमा पाइला टेक्न पुगें । रङ्गमञ्चले पनि मजस्तै मान्छे खोजेको रहेछ क्यारे । रङ्गमञ्चले मलाई कहिल्यै पनि छोड्दै छोडेन । यसले मलाई सबै थोक दियो र हरिवंश बनाइदियो । यो उपन्यास मञ्च नपाएका सम्पूर्ण हरिवंशहरुको कथा हो । मलाई पात्रबिम्ब बनाएर कसैले उपन्यास लेख्ला भन्ने लागेको थिएन । यो उपन्यास ती करोडौं कस्तूरीहरुका लागि महङ्खवपूर्ण हुनेछ, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर भौंतारिइहेका छन् ।— हरिवंश आचार्य, कलाकार
Karodau Kastoori
करोडौँ कस्तुरी
Book
Rs. 485.00
करोडौं कस्तुरी नेपालका प्रख्यात हाँस्य कलाकार हरि बंश आचार्यको जीवनमा आधारित उपन्यास हो। यसले प्रत्येक मानव एक विशेष गुणको साथ जन्मेको छ र यदि मान्यता प्राप्त भयो भने, समय मा सफलता को खजाना हुन सक्छ भन्ने सन्देश दिन खोजेको छ।
Customer Reviews
0 reviews